माओवादीले थप्याे २४ केन्द्रीय सदस्य

कर्णाली अनलाइन १९ श्रावण २०८०, शुक्रबार २२:५६

काठमाडौँ।नेकपा माओवादी केन्द्र ले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरेको छ । माओवादीले जारी केन्द्रीय समिति बैठकबाट २४ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको छ ।

आङ्दावा शेपा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गङ्गा खड्का, गीताकुमारी कँडेल चौलागाइँ, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती चौधरी, मोतिकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरीलगायत केन्द्रीय समितिमा थपिएका छन् ।

महिलाको सङ्ख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय पुगेको छ ।

विधानमा भएको व्यवस्थाअनुसार पार्टी कमिटीमा महिलाको सङ्ख्या ३५ प्रतिशत पुर्याउने गरी महिला केन्द्रीय सदस्य मात्र थप गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । माओवादीमा दुई सय ४ वैकल्पिक केन्द्रीय सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौकुने गाउँपालिकाका अध्यक्षले स्थानीयलाई टिपरमै ल्याए वीरेन्द्रनगर

१९ श्रावण २०८०, शुक्रबार २२:५६
सुर्खेत । सुर्खेतमा रहेका विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले निर्णय नै गरेर चौकुनेसम्म गाडीहरू यातायात सञ्चालन नगर्दा यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् । करीव ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुनेमा यातायातका साधन सञ्चालन भएका छैनन् । यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन […]