सुर्खेतको चिङ्गाड–३ वडाले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार १२:०५

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–३ नम्बर वडाले वडा भित्रका सुत्केरी माहिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।वडा अध्यक्ष वीरबहादुर जिसीले मंगलबार पदभार गरेसँगै पहिलो निर्णय गर्दै सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने बतएका हुन् ।

वडा अध्यक्ष जिसीले विकास निर्माणमा चिङ्गाड गाउँपालिका–३ लाई नमूना वडाको रूपमा चिनाउने, राजनीतिक मतभेद नराखी सम्पूर्ण वडावासीलाई समेटिने खालको कार्य सञ्चालनमा प्रतिबद्ध रहेर अघि बढ्ने जस्ता निर्णय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण,सडक सञ्जाल पहिलो प्राथमिकता

१० जेष्ठ २०७९, मंगलवार १२:०५
कालिकोट। जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बहादुर केसी (महेश) र उपाध्यक्ष पार्वती सिंहले पदभार ग्रहण गरेका छन । मंगलबार एक समारोहकाविच द्धय अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका छन । अध्यक्ष केसीले पदभार ग्रहण गदैँ सान्नित्रिवेणीको समृद्धि , शु्ुसासन सगैँ सडक सञ्जालको विस्तारमा आफ्नो विशेष ध्यायआर्कषीत भएको र सान्नित्रिवेणी […]

सम्बन्धित शीर्षक