प्रधानमन्त्री दाहाल पहिलोपटक पशुपतिनाथमा

कर्णाली अनलाइन २७ जेष्ठ २०८०, शनिबार २०:५३

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथको दर्शन गरेका छन्।आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिएको भन्दै चर्को आलोचना खेपिरहेका प्रचण्ड आज साँझ पशुपतिनाथको मन्दिरमा पुगेका हुन्।

भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र सहित पूजापाठमा रमेका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपटक पशुपतिमा पुगेर दर्शन गरेका हुन्।

पशुपति पुगेका प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती पनि मन्दिर पुगेका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

२७ जेष्ठ २०८०, शनिबार २०:५३
सुर्खेत।कालिकोटकाे शुभकालिका गाउँपालिका -६ को गविरामा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परि  बोलेरो चालक शुभकालिका २ बर्ष ३० हर्क बि.क, शुभकालिका ८ बर्ष ३१ रामबहादुर शाही र दैलेख नौमुले ३ बर्ष २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख […]

सम्बन्धित शीर्षक