नेपाल बार एशोसिएशनको निर्वाचनको मतपरिणाम: अध्यक्षमा घिमिरेको अग्रता कायमै

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ०१:१९

काठमाडौँ ।नेपाल बार एसोसियसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।हालसम्म २५ केन्द्रको ३,२०३ मत गणना गर्दा उनले १,९९० मत प्राप्त गरेका छन्। प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १,००४ मत प्राप्त गरेका छन्।

नेपाल बार एसोसियसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। ६ स्थानमा गणना भइरहेको थियो। बिहीबारदेखि थप दुई स्थान बढाएर ८ स्थानमा मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्छ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनाल १,७६५ र उनका प्रतिस्पर्धी केदारप्रसाद कोइराला १,१५७ रहेको छ। कोषाध्यक्ष भरतबहादुर राउतले १,९२८ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले १,०६६ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। बिहीबार बिहान ९ बजेदेखि पुनः मत गणना प्रारम्भ गरिनेछ। शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिइन्।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९,७०८ मतदाता रहेका थिए। तीमध्ये ७,४२९ मत खसेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको निर्वाचन नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने घोषणापत्र बनाउँदै दलहरु

२४ चैत्र २०७८, बिहीबार ०१:१९
काठमाडौँ।स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन्  । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेको छ । हरेक चुनावमा सबैजसो दलको मुख्य […]