पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कर्णाली अनलाइन १ फाल्गुन २०८०, मंगलवार १९:४५

सुर्खेत।पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले बताए ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज ‍’भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात?

१ फाल्गुन २०८०, मंगलवार १९:४५
सुर्खेत।नेपालसहित विश्वका अधिकांश देशमा आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे एकअर्कामा प्रेम साटासाट गरी मनाइँदैछ।हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी-प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ। युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन्। आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको […]