कर्णाली सरकार: आधा-आधा कार्यकाल नेतृत्व गर्ने माओवादी-एमाले बिच सहमति

पुरा हुने भयो यामलाल कंडेलको मुख्यमन्त्री हुने चाहना

कर्णाली अनलाइन २७ पुष २०७९, बुधबार १६:०७

सुर्खेत।प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न साढे एक घण्टा मात्रै बाँकी रहेको समयमा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको छ ।

केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो ।यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् ।आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

२७ पुष २०७९, बुधबार १६:०७
सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। बुधबार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख तिलक परियाले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए। सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत […]