सदरमुकाम सिन्धुलीमा निषेधाज्ञा

कर्णाली अनलाइन २४ कार्तिक २०७८, बुधबार ०६:५५

सिन्धुली : सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीगढि विजयोत्सव मनाउने कार्यक्रममा पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई विजयोत्सव कार्यक्रमको प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो। कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढि पुगेका थिए।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए। गठबन्धनका दलका कार्यकर्ताहरूले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन। त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक समन्वय समिति आवश्यक छैन : सिंह

२४ कार्तिक २०७८, बुधबार ०६:५५
काठमाडौं। सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल काँग्रेसमा असन्तुष्टि बढेको छ। राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने गरेका दलहरूले यसपटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गरेका छन्। तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै […]

सम्बन्धित शीर्षक