देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

कर्णाली अनलाइन ३० पुष २०७८, शुक्रबार ०४:०८

 

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

धनकुटाको धनकुटा नगरपालिका-२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटाबाट तेह्रथुमको बसन्तपुर जाँदै गरेको बागमती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

यस्तै‚ झापाको भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो।

सिराहाको गोलबजार नगरपालिका-४ मामोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार-६ का ४२ वर्षीय कृष्णबिर यादव रहेका छन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानका मल बिक्री केन्द्रका कर्मचारीमाथि १८ लाखको भ्रष्टाचार मुद्दा

३० पुष २०७८, शुक्रबार ०४:०८
सल्यान । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र सल्यानका तत्कालीन जुनियर सहायक विजयकुमार पासवान विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पासवान विरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफू […]