सल्यानका मल बिक्री केन्द्रका कर्मचारीमाथि १८ लाखको भ्रष्टाचार मुद्दा

कर्णाली अनलाइन ३० पुष २०७८, शुक्रबार ०४:१९

सल्यान । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र सल्यानका तत्कालीन जुनियर सहायक विजयकुमार पासवान विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पासवान विरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफू खुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियाका प्रवक्ता नारायणप्रसाद रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको छ। पासवानले नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगले आज सर्वदलीय बैठक

३० पुष २०७८, शुक्रबार ०४:१९
काठमाडौं। निर्वाचन आयोगले आज सर्वदलीय बैठक आव्हान गरेको छ। राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो। बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ। यसैगरी, स्थानीय तहको निर्वाचनका लागि सरकारलाई […]