एकीकृत समाजवादी पार्टी चौकुने गाउँपालिकामा पहिलो शक्ति बन्छ :अध्यक्ष बडुवाल

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०५:५८

सुर्खेत । मंगलवार जिल्लाको चौकुने गाउँपालिकाको तेस्रो बैठकलाई सम्वोधन गदैँ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले चौकुने गाउँपालिकामा आफुले नेतृत्व गरेको पार्टी नै पहिलो शक्ति हुने बताएका छन । सम्बोधनकै क्रममा अध्यक्ष बडुवालले प्रतिगामी तत्वहरुले जति चलखेल गरेपनी आफुले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नै जनता बाट अनुमोदन हुने जिकिर गरे ।

जनता भनेका सत्यको पक्षको उभिन्छ्न, न्याय र समानताको पक्षमा उभिन्छन भन्दै अध्यक्ष बडुवालले आफू र आफ्नो पार्टी सधै सत्य र न्यायको बाटोमा हिड्ने र जनतालाई पनि सहिमार्गमा हिडाउने उद्घोष गरे । संविधानलाई कुल्चिने, पार्टी विधि, विधान अनुरुप नचलाउने र ९बा० प्रवृत्ति हाबी भएकोले पार्टी भित्र विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नु परेको बताए । अझै पनि जनताका आधारभूत आवश्यकताहरु पूरा नभएकोले आफुले यश क्षेत्रको विकासको लागिरहेको उनको भनाइ थियो ।साथै चौकुने गाउँपालिका वडा नं। ८ स्थित मिलनचोकमा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य नयाँराम बयक, पार्टी प्रदेश कमिटी सदस्य मनबहादुर बि.क. हरिप्रसाद खनाल, गोरखबहादुर शाही, रतन बि.क. युवा संघका कर्णाली प्रदेश कमिटी सचीव कमल कृष्ण पौड्याल, जिल्ला कमिटी सदस्यहरु अमर टमटा, प्रेमराज ढुङ्गाना, रमेश बौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । बैठकले चौकुनेका १० वटै वडाहरुमा आगामी योजना, बैठक, भेला तथा कमिटी निर्माणको काममा तीव्रताका अगाडि बढाउनको लागि २ हप्ते कार्यक्रम सार्वजनिक गरेको छ । बैठकले चौकुनेमा युवा संघको अध्यक्षमा तुला बिष्ट र अखिल नेपाल किसान महासंघको अध्यक्षमा नवराज देवकोटालाई समेत जिम्मेवारी दिईएको छ ।कार्यक्रम गाउँपालिका कमिटीका अध्यक्षका लछिराम आलेको अध्यक्षता बसेको थियो भने कमिटीका उपसचिव अमर पुलामीले कार्यक्रम संचालन गरेका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महोत्तरीबाट जनकपुर प्रस्थान विवाहपञ्चमीका जन्ती

२२ मंसिर २०७८, बुधबार ०५:५८
जनकपुर ।​प्रत्येकवर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा-आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ।त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र […]