माछा मार्न गएका विष्टको कर्णाली नदीमा डुबेर मृत्यु

कालिकोट संवाददाता २२ चैत्र २०७८, मंगलवार १५:५७

कालिकोट।कर्णाली नदीमा माछा मार्नको लागि पासो थाप्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । कालिकोट अन्तरगत कर्णालीमा नदीमा माछा मार्नको लागि पासो थाप्न गएको समयमा डुबेर मृत्यु भएको हो ।

प्रहरी चौकी खुलालु कालिकोटका अनुसार सोमबार राती साढे ९ बजेको समयमा नरहरिनाथ गाउपालिका–८ स्थित कर्णाली करिडोरको पुल भन्दा १० मिटर तल कर्णाली नदिको किनारमा माछालाई पासो थाप्न गएका ४० वर्षीय पुर्णबहादुर विष्टको डुबेर मृत्यु भएको छ ।उक्त दिन विष्ट घर नआएपछि आफन्तले खोजी गर्दा नदिको किनारमा कपडा र चप्पल मात्रै फेला परेकोले खोजतलासको लागि प्रहरीलाई निवेदन दिएका थिए ।

उक्त निवेदन प्रश्चाप प्रहरीले खोज्ने क्रममा मंगलबार दिउँसो २ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटका दिपेन्द्र साउदले माछामार्ने पासो निकाल्ने क्रममा उक्त पासोको डोरीमा अड्के विष्टको शव फेला परेका थिए । शव फेला पारेपछि साउदले प्रहरीलाई खबर गरेपछि उक्त स्थानमा प्रहरी टोलि खटिएर विष्टको उद्धार गरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाँच अध्यादेश जारी

२२ चैत्र २०७८, मंगलवार १५:५७
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ […]