माओवादीलाई भरतपुर र रेनु नै चाहिन्छ पनि भनेको छैनौं : अध्यक्ष प्रचण्ड

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार ०९:२४

काठमाडौं। नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालका लागि मेयर नमागेको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष प्रचण्डले भरतपुर महानगर नै चाहिने र मेयरमा रेनुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन्।

६ वटा महानगरपालिकामा माओवादी केन्द्रले एउटा पाउने भन्दै सहमतिका आधारमा जुनसुकै दिए पनि लिने प्रचण्डको भनाइ छ।प्रचण्डले भने, ‘माओवादीलाई भरतपुर नै नभई नहुने र रेनु नै नभई भन्ने कुनै अडान छैन। ६ वटामा एउटा एउटा त माओवादीले पाउला। काठमाडौं दिए पनि हुन्छ। विराटनगर दिए हुन्छ। भरतपुर नदिए पनि ठिकै छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसंख्याको आधारमा बजेट विनियोज नहुँदासम्म कर्णालीको विकास हुदैँन् : मुख्यमन्त्री शाही

५ बैशाख २०७९, सोमबार ०९:२४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजनहुँदासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताएका छन् । उनले सात प्रदेश मध्ये कर्णाली भूगोलका हिसावले ठूलो भएपनि जनसंख्याका आधारमा संघ तथा विभिन्न दातृ एवम् साझेदार निकायले बजेट विनियोजन गर्दा कर्णाली पछाडि परेको बताए । उनले जनसंख्यासँगै भूगोललाई पनि आधार मानेर […]