उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन कांग्रेसको निर्देशन

कर्णाली अनलाइन १३ भाद्र २०७९, सोमबार २३:५०

काठमाडौँ ।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो।

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न/नउठाउन निर्देशन दिइएको छ।

‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउनु विधान विपरित कार्य हुने भएकाले त्यस्तो नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को नतिजा प्रकाशित,१ लाख ८८ हजार विद्यार्थी ननग्रेडिङ

१३ भाद्र २०७९, सोमबार २३:५०
काठमाडौं ।कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा […]