नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

कर्णाली अनलाइन १९ माघ २०७८, बुधबार ११:३६

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।

डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ । यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ  ।मूल्य बढाउँदा पनि १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटा हुने आयल निगमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो रहने छ तीन दिनसम्मको पश्चिमी वायुको प्रभाव ,सतर्कता अपनाउन महाशाखाको अनुरोध

१९ माघ २०७८, बुधबार ११:३६
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत […]