कर्णाली सरकारबाट बाहिरियो एमाले, तिन मन्त्रीहरूले बुझाए मुख्यमन्त्रीलाई राजीनामा

कर्णाली अनलाइन २६ चैत्र २०७९, आईतवार १८:५०

सुर्खेत । नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका तिन मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् ।

हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । र तत्काल सरकारबाट नबाहिरिने बताएको थियो । तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो न पर्ने देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको नेतृत्व अब कांग्रेसले लिन्छ : देउवा

२६ चैत्र २०७९, आईतवार १८:५०
काठमाडौँ । सत्ता साझेदार दलमध्येको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक […]

सम्बन्धित शीर्षक