निलम्बित गभर्नरको रिटमाथि बहस सकियो, आजै आदेश आउने

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार १२:०२

काठमाडौँ।नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस सकिएको छ।मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको हो। अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापा र हरिहर दाहालले बहस गरेका छन्। यस विषयमा आजै आदेश आउने सर्वोच्च स्रोतले जानकारी दियो।

आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् ।सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा अध्ययन समिति बनाएको छ। त्यससँगै उनी निलम्बनमा परेका हुन्।

सर्वोच्चमा दायर गरेको रिटमा अधिकारीले सरकारको निर्णय खारेज गरी आफूलाई काम गर्ने वातावरण मिलाउन अन्तरिम आदेशको माग गरेका छन्। आइतबार नै उनी रिट लिएर सर्वोच्च गएका थिए। रिट निवेदन अध्ययन गरेपछि सोमबार दर्ता गरेको थियो।

राष्ट्र बैंक ऐनमा गभर्नरलाई बर्खास्त गर्नुअघि अध्ययन समिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ। हाल गठन गरिएको समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनदलविच चुनावी तालमेल:पोखरा समाजवादी र भरतपुर माओवादी केन्द्रलाई दिने सहमति

६ बैशाख २०७९, मंगलवार १२:०२
काठमाडौं। सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ। स्रोतका अनुसार मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक-एक महानगरको नेतृत्व लिने सहमति  भएको छ। जसअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ। त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर […]