गठबन्धनदलविच चुनावी तालमेल:पोखरा समाजवादी र भरतपुर माओवादी केन्द्रलाई दिने सहमति

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार १२:२४

काठमाडौं। सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ। स्रोतका अनुसार मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक-एक महानगरको नेतृत्व लिने सहमति  भएको छ।

जसअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ। त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले बताए। मंगलबार साँझसम्म सहमतिको खाका तयार हुने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका पर्यटन मन्त्री कार्चेन चढेको गाडी दुर्घटना

६ बैशाख २०७९, मंगलवार १२:२४
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ सवार चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेत–दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मन्त्री सवार गाडीलाई विपरित दिशाबाट आएको बोलेर जीपले ठक्कर दिएको हो । वीरेन्द्रनगर नगरपालिका–१४ गढीमा रहेको होटल भ्याली भ्यूमा मन्त्रालयद्वारा आयोजित योजना तर्जुमा कार्यक्रममा […]