पर्सामा चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०४:४६

पर्सा ।शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गरी पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रतिज्येष्ठ नागरिकलाई करिब ६ हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

को-को बने कर्णाली प्रदेशबाट माओवादी केन्द्रीय सदस्य (नामावली सहित)

१९ पुष २०७८, सोमबार ०४:४६
सुर्खेत।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्य चयन भएका छन्। आइतबार सकिएको माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन्। महाधिवेशनमा घोषित माओवादीका २३७ जनाको केन्द्रीय सदस्यमा कर्णालीबाट महासचिवका दावेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन्। जुम्लाका चर्चित सांसद […]