एकैदिन सुर्खेतमा लागूऔषध कारोवारमा संनलग्न ६ जना पक्राउ

सुर्खेत संवाददाता २७ चैत्र २०७८, आईतवार ०५:२६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो पटक लागूऔषधका कारोवारी र सेवनकर्ता ह्वात्तै बढेका छन् । सुरक्षा निकायको बाक्लो उपस्थिति रहने वीरेन्द्रनगरमा प्रायः दिनुहु जस्तै लागूऔषध कारोवारी र सेवनकर्ताहरु पक्राउ परिरहेका छन् ।

दैनिक प्रायः पक्राउ पर्दा पनि लागूऔषधको कारोवार रोकिएको छैन् । वीरेन्द्रनगरका सबै क्षेत्रमा लागूऔषधका सेवनकर्ता रहेको प्रहरीको निष्कर्ष छ । तर पछिल्लो पटक वीरेन्द्रनगर–१० घुस्रा क्षेत्रबाट कारोवारी र सेवनकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । शनिवार मात्रै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० पाकुन्टी टोलबाट ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का २३ वर्षीय रमेश शर्मा, सोही ठाउँका २१ वर्षीय सुजन चौधरी, २१ वर्षीय करण रोकाया, २० वर्षीय अशोक थापा, वीरेन्द्रनगर–२ का २३ वर्षीय लक्ष्मण दर्लामी र वीरेन्द्रनगर–११ का १८ वर्षीय शंकर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोइलीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान प्रहरीले अघि बढाएको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साताको पहिलो दिन आइतबार सुनको मूल्य एक लाख नाघ्यो

२७ चैत्र २०७८, आईतवार ०५:२६
काठमाडौँ। साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी सहासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । यस अघि गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोवार भएको थियो।आइतबार तजास्वी सुनको […]