केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ७३६ मत ल्याएर महामन्त्री खड्का विजयी

कर्णाली अनलाइन ८ मंसिर २०७८, बुधबार ०४:४०

सुर्खेत । नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा पूर्व गृहमन्त्री एवम् महामन्त्री पूर्णबहादुर खड्काले सर्वाधिक मत ल्याएर विजयी भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका खड्काले ७३६ मत ल्याएर विजयी भएका हुन् ।

काँग्रेसकाे विधानमा पार्टीका पदाधिकारी स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । तर खड्काले कार्यकर्ताकाे मतबाट अनुमाेदन गरेर महाधिवेशन प्रतिनिधि भएर जाने निधाे गर्दै उम्मेद्वारी दिएका थिए ।   प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ काे पछिल्लाे मत परिणामअनुसार पार्टी सभापति शेरबहादुर देउवाकाे प्यानल नै निर्वाचित भएका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ मा झक बहादुर डाँगीको प्यानल विजय भएको छ । संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो । सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन् । जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएकाे निर्वाचनमा ८ सय ७४ मत खसेकाे थियाे ।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् । प्रत्यक्ष तर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् ।

खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, पूर्णबहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन् ।@nepaliraibar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

८ मंसिर २०७८, बुधबार ०४:४०
चितवन। नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ। उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो। एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। […]

सम्बन्धित शीर्षक