चामुण्डा विन्द्रासैनीको मेयरमा नेतृ मनिषा कार्की सिफारिस

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ११:२५

दैलेख। अनेरास्ववियूकी केन्द्रीय सचिव मनिषा कार्की दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा सिफारिस भएकी छन्। दैलेखमा भएको नेकपा एकीकृत समाजवादी पार्टीको छलफलबाट युवा नेतृ कार्कीलाई मेयरमा सिफारिस गरिएको हो।

सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय कार्कीले हाल नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेर काम गर्दै आएकी छन्। विद्यार्थी नेतृको रुपमा चिनिने उनले विद्यार्थी हक हितका लागि सधै अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टीमा उनले आवाज उठाइदै आईरहेकी छन्।

सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय कार्की दैलेख तथा समग्र कर्णालीमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन्। पार्टीले उनको योगदान र क्षमताको कदर गर्दै उनलाई चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा सिफारिस गरेको हो। चामुण्डा विन्द्रासैनी नगरप्रमुखमा अन्य दुई जनाको नाम पनि सिफारिस भएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धन दलविच भागवण्डा टुंगियो -नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसले पाउने

७ बैशाख २०७९, बुधबार ११:२५
बाँके।सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ।चार दिनको अथक प्रयासपछि सत्ता गठबन्धनमा आबद्ध पाँच दलले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएका हुन्। बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठकले विवादित नेपालगञ्ज महानगरपालिका कांग्रेसले लिने सहमति भएको छ। सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ। नेपालगञ्जमा जसपाले […]

सम्बन्धित शीर्षक