मेक्सिकन अभिनेत्री तानियाको गाेली हानी हत्या

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार ०६:२५

एजेन्सी।मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ। मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो। त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए।

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनुअघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए। मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’ को प्रदर्शनपछि चर्चामा आएकी थिइन्। पाँचवटा सांगीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुति दिइसकेकी छन्।

सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए। त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन्। उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन। -न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवा-प्रचण्ड भेट‚ संसदकाे गतिराेध अन्त्य गर्नेबारे छलफल

२ पुष २०७८, शुक्रबार ०६:२५
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद सञ्चालन गर्ने विषयमा छलफल भएको छ। शुक्रबार बिहान भएको भेटवार्तामा सदन सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले बताइन्। भेटमा प्रचण्डले नेपाली कांग्रेसको  महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामनासमेत प्रदान […]