देउवा-प्रचण्ड भेट‚ संसदकाे गतिराेध अन्त्य गर्नेबारे छलफल

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार ०७:२८

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद सञ्चालन गर्ने विषयमा छलफल भएको छ। शुक्रबार बिहान भएको भेटवार्तामा सदन सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले बताइन्।

भेटमा प्रचण्डले नेपाली कांग्रेसको  महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामनासमेत प्रदान गरेका थिए। सोही अवसरमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिनेश फर्सालका चार उत्कृष्ट मुक्तकहरु

२ पुष २०७८, शुक्रबार ०७:२८
मुक्तक १ विकासको पालुवा पलाउने घरमै बेडाहरु छन शान्तिको शितलता दिलाउने बरमै भेडाहरु छन व्याक्ति भन्दा पार्टीलाई हेरेर देश जिम्मा लाउन्छौ, घाम पानी छल्ने छानोको खरमै भेडाहरु छन। मुक्तक २ कतै तुईन कतै झलुङगे पुल काटिन्छ यहाँ मान्छे बाट मान्छेलाई तडपाई मारिन्छ यहाँ कस्तो बिडम्बना मेरो न्याय नभएको देशमा, निर्दोष […]