राप्रपाको पदाधिकारी बैठक बस्दै

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार ०५:५२

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ।पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सराेकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै थापाले पार्टी परित्याग गर्नुभएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिरबाट खसेको ढुङगा लागेर कालिकोटमा एक पुरुषको मृत्यु

२७ माघ २०७८, बिहीबार ०५:५२
कालिकोट।जिल्लाको पचालझरना गाउँपालिका वार्ड नं– ३ का इन्द्र बस्नेतको भिरबाट खसेको ढुङगा लागेर मृत्यु भएको छ। बुधवार ११ बजे तिर भेडा चराउन गएका बस्नेत भिरबाट खसेको ढुङगा लागेर उनको मृत्यु भएको छ। २९ वर्षिया मृतक बस्नेत भिरबाट झण्डै ५ सय मिटर तल खसेर उनको मृत्यृु भएको ईलाका प्रहरी कार्यालय पचालझरनाले जानकारी दिएको […]