सोमबार गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध

कर्णाली अनलाइन २० कार्तिक २०८०, सोमबार १८:४५

 

सुर्खेत।दोस्रोपटक गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ।

सोमबार अपराह्न ४:३१ बजे गएको ५.८ रेक्टर स्केलको भुइँचालोले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको हो।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ।

यस्तै, भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएका छन्।

घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक

२० कार्तिक २०८०, सोमबार १८:४५
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । […]