जन्ती बोकेको बस दुर्घटना, २५ जना घाइते

कर्णाली अनलाइन २१ मंसिर २०७८, मंगलवार ०५:३९

रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।

घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुको उद्धार गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्याायधीशको राजीनामा माग्दै बारको आन्दोलन जारी

२१ मंसिर २०७८, मंगलवार ०५:३९
काठमाडौँ।प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ।मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्। बिरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा […]