नियम विपरित शुल्क अशुल्दै ठाँटिकाँध गाँउपालिकाका सामुदायिक विद्यालय

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ०५:३६

दैलेख।जिल्लाको ठाटीकाँध गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले नियम विपरित विधार्थीबाट शुल्क लिने गरेको पाईएको छ।शिक्षक शिक्षिकालाई तलव खुवाउने भन्दै त्यहाँका विद्यालयले नियम विपरित मासिक एक सय देखी चार सय सम्म शुल्क लिने गरेको पाईएको छ ।

शुल्क लिने विद्यालयहरुमा ठाटिकाँध गाउँपालिका वडा नं ४ मा रहेको चुली आधारभुत विद्यालय डाँडाखाल,देवती माध्यामिक विद्यालय गैरागाऊ ,वडा नं ६ मा रहेको बालकल्याण आधारभुत विद्यालय ,मालिका माध्यामिक विद्रयालय र जनता आधारभुत विद्यालयले विद्यार्थीबाट नियम विपरित शुल्क उठाउने गरेको स्थानीयले गुनासो गरेका छन ।
संविधानले माध्यमिक तहसम्मको शिक्षालाई नि:शुल्क बनाए पनि सामुदायिक विद्यालयले शिक्षक शिक्षिकालाई तलव खुवाउने भन्दै विधार्थीबाट शुल्क उठाउनु संविधान र नियम विपरित भएको शिक्षाका जानकार बताउँछन।ठाटिकाँध गाँउपालिका भर रहेका ३९ वटा सामुदायिक विद्यालय मध्ये दुई तिनवटा बाहेक बाँकी विद्यालयको अवस्था जीर्ण रहेको स्थानीय जानकारहरु बताउँछन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तारुढ गठबन्धनको बैठक बिहीबार बस्ने, तालमेलबारे निर्णय लिने

१६ चैत्र २०७८, बुधबार ०५:३६
काठमाडौँ।सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल हुने विषयमा छलफल गर्न यो बैठक बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठकले महानगर र उपमहानगरपालिकाको तालमेलको विषयमा टुंगो लगाउने बताएका छन् । भरतपुरमा सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले भने, ‘चुनावी […]