सत्तारुढ गठबन्धनको बैठक बिहीबार बस्ने, तालमेलबारे निर्णय लिने

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ०७:५६

काठमाडौँ।सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल हुने विषयमा छलफल गर्न यो बैठक बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठकले महानगर र उपमहानगरपालिकाको तालमेलको विषयमा टुंगो लगाउने बताएका छन् ।

भरतपुरमा सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले भने, ‘चुनावी तालमेलको विषयमा बिहीबार गठबन्धनको बैठक बस्दैछ, हामीले त्यहाँ महानगर र उपमहानगरको तालमेलको विषयमा छलफल गर्न सक्छौँ ।’प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नो दलको दाबी भएकाले आफूहरूले भरतपुर महानगरपालिकाको दाबी नछाड्ने पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

१६ चैत्र २०७८, बुधबार ०७:५६
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयल […]