सुर्खेत।जिल्लाको भेरिगगा नगरपालिका वडा न.०९ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरेले केन्द्र नम्बर १० मा ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।
उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि करिव ३१ जनाको उपस्थिति रहेको थियो।जहरे शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय जहरेका शाखा प्रबन्धक धनु तारामी मगरले जानकारी दिनु भयो।कार्यक्रममा केन्द्रीय कार्यालयका कर्जा विभागमा कार्यरत प्रकाश रावल ,शाखा कार्यालय जहरेका कर्मचारी याम कुमारी बुढा क्षेत्रीको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा बोल्नु हुदैँ एनएमबि लघुवित्त वित्तिय संस्था लि केन्द्रीय कार्यालय कर्जा विभागमा कार्यरत प्रकाश रावलले’वित्तिय साक्षरताको लक्ष्य ,महत्व ,समाजमा उधमशिल संस्कृतीको विकास कसरी गर्ने,व्यवसायिक क्रियाकलापहरुलाई कसरी दिगो ,सवल र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने बारेमा सहभागीलाई प्रस्टाउनु भएको थियो ‘।
उक्त नगरपालिकामा वडा न.६,७,८,९,१०,११ ,१२,र गुर्भाकोट नगरपालिकाका र लेकबेशी नगरपलिका केही क्षेत्रका करिब १ हजार ५ सय भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको त्यस स्थानमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा न ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।

