चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार ११:५६

काठमाडौँ।चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार अपराह्न काठमाडौँ ओर्लिएका छन्।उनी औपचारिक भ्रमणका लागि नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका  हुन्। उनी निर्धारित समयभन्दा एक घन्टा ढिला गरी त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।

विमानस्थलबाट उनी सोझै द्वारिकाज होटल पुगेका छन्। शुक्रबार आराममै बिताउने विदेशमन्त्री वाङले शनिबार र आइतबारमात्र उच्चस्तरीय भेटघाट गर्नेछन्।वाङको चार्टर्ड फ्लाइट काठमाडौँ ओर्लने क्रममा केही जहाज आकाशमा होल्ड भएका थिए।

पाकिस्तान तथा अफगानिस्तानको भ्रमण सकेर बिहीबार राति नयाँ दिल्ली पुगेका वाङ शुक्रबार अपराह्न काठमाडौँ ओर्लिएका हुन्।वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आएका हुन्। वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ।वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीएनजीसँग नेपालकाे सम्मानजनक हार, राेहित पाैडेलकाे 'रेकर्ड नै रेकर्ड'

११ चैत्र २०७८, शुक्रबार ११:५६
काठमाडौँ।पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले सम्मानजनक हार बेहोरेको छ ।त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि युवा ब्याटर रोहित पौडेलले शतकीय पारी खेले । उनले एक […]