दैलेखका ११ पालिकामा कहाँ कति बजेट?

दैलेख संवाददाता २१ जेष्ठ २०७९, शनिबार ०८:४६


दैलेख। संघीय सरकारले कर्णालीका ७९ ओटै पालिकामा आगामी आर्थिक वर्ष २०७९–८० का लागि बजेट बिनियोजन गरेको छ । दैलेखको नारायण नगरपालिकाले ४३ करोड ४९ लाख बजेट पाउँदा आठविस नगरपालिकाले ३६ करोड ५१ लाख पाएको छ । चामुण्डा विन्द्राशैनी नगरपालिकाले ३२ करोड ८६ लाख बजेट पाउँदा दुल्लु नगरपालिकाले ५५ करोड ८६ लाख बजेट पाएको हो ।

गाउँपालिकातर्फ गुराँस गाउँपालिकाले ३९ करोड ४८ लाख बजेट पाउँदा ठाँटीकाँध गाउँपालिकाले २७ करोड ४६ लाख बजेट पाएको छ । त्यस्तै, डुग्गेश्वार गाउँपालिकाले २६ करोड ८४ लाख बजेट पाउँदा नौमुले गाउँपालिकाले ३५ करोड ५९ लाख बजेट पाएको छ ।त्यस्तै भगवतीमाइ गाउँपालिकाले ३२ करोड ७३ लाख पाउँदा भैरवी गाउँपालिकाले २७ करोड ९१ लाख बजेट पाएको छ भने महाबु गाउँपालिकाले २९ करोड २४ लाख बजेट पाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा यार्सा टिप्न जाँदा दुई दिनको फरकमा दुई जनाको मृत्यु

२१ जेष्ठ २०७९, शनिबार ०८:४६
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ ।मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए । टाके पाटन क्षेत्रमा यार्सा […]