सचिवमा आचार्य र कार्की पराजित. ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी,

कर्णाली अनलाइन १४ मंसिर २०७८, मंगलवार ११:०४

काठमाडौँ ।एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।गोकर्ण विष्टले सर्वाधिक १हजार९ सय ७६, योगेश भट्टराईले १हजार ९सय ६४, पद्मा अर्यालले १हजार ८सयछ विलाल विश्वकर्माले १ हजार ८ सय लेखराज भट्टले १ हजार ७ सय ४, टोपबहादुर रायामाझीले १ हजार ७ सय रघुवीर महासेठले १ हजार ५ सय १३ मत ल्याएर विजयी भए ।

ओ‌लीको सूचीमा नपरेका निर्वतमान सचिव भीम आचार्य र चीनका लागि पूर्व राजदूत समेत रहेका नेता टंक कार्की पराजित भए । आचार्यले १हवार ३ सय र कार्कीले ५ सय मत प्राप्त गरे ।यस्तै, एमालेका अन्य पदाधिकारीमा ओलीले बन्दसत्रमा प्रस्ताव गरेका सबै नै निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पच्चीस किलो चरेससहित बझाङबाट एकजना पक्राउ

१४ मंसिर २०७८, मंगलवार ११:०४
बझाङ।प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्। सदरमुकाम चैनपुर नजिकैको डुग्रीबजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।