पच्चीस किलो चरेससहित बझाङबाट एकजना पक्राउ

कर्णाली अनलाइन १५ मंसिर २०७८, बुधबार ०५:०४

बझाङ।प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्।

सदरमुकाम चैनपुर नजिकैको डुग्रीबजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस दुर्घटनाहुदाँ दुई जनाको मृत्यु ,दुई घाइते

१५ मंसिर २०७८, बुधबार ०५:०४
जुम्ला। जिल्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो। बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्। प्रारम्भिक […]