चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षक कुटिए

कर्णाली अनलाइन ६ पुष २०७८, मंगलवार ०९:१३

काठमाडौँ।रत्न राज्य क्याम्पसमा स्नातक तहका विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि आक्रमण गरेका छन्।एक शिक्षकका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो।

एक छात्राले चिट चोर्न लागेकोमा शिक्षक प्रकाश पुडासैनीले रोक्न खोजे । परीक्षामा चिट चोर्न रोक्न खोज्दा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठाराले शिक्षकमाथि दुर्व्यवहार गर्न थाले। माहोल तनावपूर्ण भएपछि परीक्षा स्थगित भयो।

रत्न राज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख देविप्रसाद घिमिरेले परीक्षा स्थगित गरेर विवादित दुई पक्ष शिक्षक र विद्यार्थीलाई आफ्नो कक्षमा लगि छलफल गराउने प्रयत्न गरिरहेकोमा विद्यार्थी कुँवेर जेठाराले पानी पिउन मन लागेको भन्दै डिसपेन्सन नजिक भएको स्टिलको जग उठाए।

जेठाराले उक्त जगले शिक्षक प्रकाश पुडासैनीको टाउकोमा हाने र उनको टाउकोमा चोट लाग्यो। प्रत्यक्षदर्शीका अनुसार स्टिलको जग कुच्चिएको थियो।रत्न राज्य क्याम्पसमा शिक्षक ऋषिकेश दाहालको ट्वीट अनुसार घाइते शिक्षक पुडासैनीको टाउकोमा सातवटा टाँका लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद

६ पुष २०७८, मंगलवार ०९:१३
सुर्खेत। बलात्कृत भएकी युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ । सुर्खेत जिल्ला अदालतले ती पत्रकारलाई सजाय सुनाएको हो । अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले ‘राप्ती पहिचान डट कम’ अनर्लानका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार […]