राप्रपाद्वारा ६ वटा प्रदेशमा राष्ट्रिय सभा चुनाव बहिष्कार

कर्णाली अनलाइन ११ माघ २०७८, मंगलवार ०८:३०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा मतदान बहिष्कार गर्ने भएको छ।

मंगलबार काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै उमेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गर्न भनेको छ।

प्रदेश १ मा राप्रपाले अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ। महामन्त्री पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो।”

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक

११ माघ २०७८, मंगलवार ०८:३०
  काठमाडौं। आज केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ। अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहेको छ। जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन करिब नौ महिना लाग्ने अनुमान छ। विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा […]