आज केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक

कर्णाली अनलाइन १२ माघ २०७८, बुधबार ०४:३७

 

काठमाडौं। आज केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ। अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहेको छ।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन करिब नौ महिना लाग्ने अनुमान छ। विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो।

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने बताइएको छ।

प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ। अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ।

गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको जनसंख्या २ करोड ९१ लाख

१२ माघ २०७८, बुधबार ०४:३७
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो। विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको […]