काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफनो प्रचार सामग्रीबाट नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर हटाएको छ ।अध्यक्ष प्रचण्डको पेजमा राखिएको पोष्टर कुलमानको असहमतिपछि सम्पादन गरिएको छ ।
अराजनितिक व्यक्तिको तस्विर दुरुपयोग भएको भन्दै सामाजिक सञ्चालनमा आलोचना भएको थियो । कुलमानले पनि आफनो तस्विर हटाउन माओवादीलाई आग्रह गरेका थिए ।त्यस लगतै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टरलाई एडिट गरेर नयाँ राखिएको छ ।