आज मेघ गर्जनसहित वर्षा,उच्च हिमाली भागमा हिमपात

कर्णाली अनलाइन ११ माघ २०७९, बुधबार १०:१७

सुर्खेत । देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि केही भूभागमा आंशिक बदली रही हल्का वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भूभागमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी भूभागमा हल्का हिमपात हुने हुनाले चिसो बढ्ने विभागको भनाइ छ । भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोटाङको नुनथलामा बस पल्टियो

११ माघ २०७९, बुधबार १०:१७
खोटाङ।खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नुनथलामा बस दुर्घटना भएको छ। बुधबार बिहान झापाको काकडभिट्टाबाट दिक्तेल आउँदै गरेको खोटाङ यातायातको प्र. १-११-००१ ख ३५०८ नम्बरको बस नुनथला महुरे सडकमा बिहान करिब ८ः३० बजे दुर्घटना भएको डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए। बसमा सवार १६ जनामध्ये चार जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए। […]

सम्बन्धित शीर्षक