सुर्खेतका नौ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए सपथ

कर्णाली अनलाइन ८ जेष्ठ २०७९, आईतवार ११:००

सुर्खेत। सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले सपथग्रहण गराएका हुन् ।

सपथ लिनेहरुमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द रहनुभएको छ ।

त्यस्तै, बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी, पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयल निगमले पुन:बढायो पेट्रोलियम पदार्थको मूल्य:पेट्रोल १८०, ग्यास १८ सय

८ जेष्ठ २०७९, आईतवार ११:००
काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन:बढाएको छ।निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाइएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको […]