हुम्लामा झाडापखाला र निमोनियाका विरामी बढे,रिफर भएका विरामीले पनि पाएनन् समयमै टिकट

हुम्ला संवाददाता १२ जेष्ठ २०७९, बिहीबार ०८:०७

 


हुम्ला। जिल्ला अस्पताल हुम्लामा केही दिन यता झाडापखाला र निमोनियाका विरामी बढेका छन् । गएको हप्तादेखी जिल्ला अस्पताल सिमकोटमा झाडापखाला र निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेका छन। जिल्ला अस्पतालमा उपचारका लागी आउने विरामी मध्ये बालबालिकाको सङ्ख्यामा वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका र सदरमुकामवासी सहित आसपासका क्षेत्रबाट उपचारका लागी बालबालिका, वृद्धवृद्धाका साथै अन्य नागरिक दैनिक उच्च संख्यामा अस्पताल आउने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो सयम जिल्लामा काचा फलफुल खानेसमय भएकाले विरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले बताएको छ ।

निमोनियाका विरामी उपचारका लागी बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिइन । निमोनियाका साथै ज्वरो ,श्वाश्प्रश्वासमा समस्या बढी भएका विरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिइन।
१५ शैयाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पछि १३ जना बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

विशेषगरी तीन वर्ष मुनीका बालबालिकाहरुमा यो समस्या बढि देखा परेको छ । भने सिमकोट गाउँपालिकाबाट दैनिक ३० जना भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको अनमी बोहोराले बताइन । बिरामी बालबालिको संख्या बढेपछि अस्पतालका शैयाहरु बिरामी र कुुरुवा आमाले भरि भराउ भएका छन् ।

यस्तै जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जना जटिल विरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । जिल्ला अस्पतालबाट जिल्ला बाहिर थप उपचारका लागि रिफर भएका विरामीले उहिदिनमा जहाजको टिकट नपाएर पछिल्लो दिनमा जाने गरेका छन् । भने अधिकांस रिफर भएका विरामीले समयमै टिकट नपाउने गरेको गुनासो समेत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

१२ जेष्ठ २०७९, बिहीबार ०८:०७
काठमाडौँ ।सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ।चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले […]