ब्राउन सुगरसहित भोजपुरबाट दुई ट्रक चालक पक्राउ

कर्णाली अनलाइन १४ माघ २०७८, शुक्रबार ०६:४२

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको  हो।

भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए। उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० रूपैयाँ नगद बरामद गरेको अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर मगर रहेका छन्। नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्लाहीमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते

१४ माघ २०७८, शुक्रबार ०६:४२
सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । भैरहवाबाट विराटनगर जाँदै गरेकाे  लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ […]

सम्बन्धित शीर्षक