सर्लाहीमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते

कर्णाली अनलाइन १४ माघ २०७८, शुक्रबार ०७:४६

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

भैरहवाबाट विराटनगर जाँदै गरेकाे  लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रुपन्देही जिल्ला श्रीकटन गाउँपालिका-१२ की २५ वर्षीया कृतिका चौधरी र चितवन जिल्ला खैरहनी नगरपालिका-७ का ३६ वर्षीय पसुराम फुयाँललाई उपचार लागि वीरगञ्ज र भरतपुर  पठाइएकाे छ । घाइते भएकामध्ये धेरैको हात खुट्टा भाँचिएको प्रहरीले जनाएकाे छ।

सामान्य घाइते भएकाहरुको भने हरिवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा सञ्चालकलाई पक्राउ पुर्जी जारी

१४ माघ २०७८, शुक्रबार ०७:४६
चितवन।नालीको खोँचमा परेर गैँडा मरेको घटनामा सडक विस्तारका क्रममा निर्माणाधीन ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ।चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको […]