नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

कर्णाली अनलाइन २१ पुष २०८०, शनिबार १९:२६

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ । गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो ।

नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ ।

नेकपा एसका नेताहरूले ५ सीट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् । अध्यक्षको अडान भने नछाड्न दबाब छ । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएकाले अध्यक्ष नेकपा एसले पाउनुपर्ने दाबी उसको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन दर्ता

२१ पुष २०८०, शनिबार १९:२६
काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ। सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन […]