जुम्लाको तातोपानीमा मिनि ट्रक दुर्घटना हुँदा २ जना घाइते

कर्णाली अनलाइन ९ फाल्गुन २०७९, मंगलवार १५:२६

जुम्ला ।जुम्लामा मिनिट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् ।जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडा भन्ने स्थानमा सुर्खेतबाट जुम्ला सदरमुकामतर्फ आउदैँ गरेको सरिया, सिमेन्ट र डिजल ढुवानी गरी ल्याएको कर्णाली प्रदेश०२-००१ख६२७ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक वाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको छ ।

उक्त ट्रकमा सवार ट्रक धनी सुर्खेत बराहताल गाउँपालिका २ बस्ने बर्ष ४३ का राम बहादुर चन्द र चालक मिन बहादुर सुनार सामान्य घाइते भएको, ट्रक घट्ना स्थलमै रहेको र उक्त स्थानमा ट्राफिक प्रहरी सहित ४ जनाको प्रहरी टोली खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी बैठकलगत्तै देउवा भेट्न धुम्बाराही पुगे माधव नेपाल

९ फाल्गुन २०७९, मंगलवार १५:२६
काठमाडौँ।पार्टीको सचिवालय बैठक लगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका छन्।राष्ट्रपति चुनावबारे सबै दलसँग छलफल गर्ने पार्टी निर्णय लगत्तै नेपालले देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन्। अहिले धुम्बाराहीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री गगन थापासहितका नेतासँग एकीकृत समाजवादीका नेताहरुले कुराकानी गरिरहेका छन्।समाजवादीको सचिवालय […]

सम्बन्धित शीर्षक