सल्यानमा बस दुर्घटना, ६ जना घाइते

कर्णाली अनलाइन १३ जेष्ठ २०७९, शुक्रबार ०८:५१

सल्यान । शुक्रबार सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेकाे छ।उक्त बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका-८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका-३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन्।

घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ। बागचौर नगपालिका-८ शारदा खोला पुल नजिकै बस दुर्घटना भएको हो। बस के कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

१३ जेष्ठ २०७९, शुक्रबार ०८:५१
काठमाडौं। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले असंसदीय भाषा बोलेको भन्दै एमाले सांसदहरूले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबारे […]

सम्बन्धित शीर्षक