माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली अनलाइन ४ श्रावण २०७९, बुधबार १४:२०

बर्दिया।जिल्लाको गेरुवा गाउँपालिका-६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका-१ का ३२ वर्षीय बसन्त थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो।

नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो।बससहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

४ श्रावण २०७९, बुधबार १४:२०
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आयोजनास्थल भएकाे फुकोट-कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने […]