एनएमवि लघुवित्तद्धारा डस्बिन हस्तान्तरण

कर्णाली अनलाइन २९ कार्तिक २०८२, शुक्रबार २१:०२

सुर्खेत।कैलाली जिल्लाको गोदावारी नगरपालिकको वडा नं–२ अत्तरिया बजार ,वडा नं–८ स्याउले बजार र वडा नं–६ लालपुर चोकमा एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय पोखरा –८ न्युरोड , कास्की द्रारा प्रादेशिक कार्यालय धनगढी मार्फत डस्टविन हस्तान्तरण गरेको छ । संस्थाको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत गोदावारी नगरपालिकको वडा नं २ अत्तरिया बजार ,वडा नं–८ स्याउले बजार र वडा नं–६ लालपुर चोकमा नौ थान डस्टविन हस्तान्तरण गरेको छ ।

वित्तिय संस्थाको प्रादेशिक कार्यालयद्धारा आयोजित एक कार्यक्रमका विच प्रादेशिक प्रमुख विवेक भट्टले स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवालाई उक्त डस्बिन हस्तान्तरण गर्नुभएको थियो ।वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय बजार निर्माणको लागी उक्त सहयोग गरेको वित्तिय संस्थाका सुदुर पश्चिम प्रादेशिक कार्यालयका प्रदेश प्रमुख विवेक भट्टले बताउनुभयो ।

सोही अवसरमा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले प्रदुषण रहित वातावरण निर्माणका लागि प्राप्त सामग्रिले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।’ उहाँले उक्त सहयोगका लागि वित्तिय संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अगुवा व्यक्तिहरु, बजार व्यवस्थापन समितिका सदस्य उत्तम अधिकारी, समाजसेवी लक्ष्मण बोगटीको समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संस्थाका धनगडी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्ला, गोदावारी शाखाका शाखा प्रमुख मनिषा कुमारी चन्द, कर्मचारी उमेश राज उपाध्याय र भुपेन्द्र सिंह ऐरीको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *