महामन्त्री थापाद्धारा ‘भरोसा छात्रवृत्ति अभियान’ को शुभारम्भ

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ११:३९

काठमाण्डौ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताए। आज सोमवार काठमाण्डौमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको जानकारी दिए । उनले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताए।

महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकालाई उचित शिक्षा दिनका लागि अभियानले काम गर्ने बताए ।महामन्त्री थापाले भने ‘यस्तो कुरा एकदमै धेरै मान्छेलाई परेको छ ।जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ ।

आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरू पनि थुप्रै समस्या हुन्छ । बा–आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाका कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट यो अभियान सुरु गरिएको हो । समाजप्रति भरोसा ल्याउनका निम्ति यो अभियान सुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान सात वटै प्रदेशका दुईरदुई वटा जिल्लामा सुरु हुनेछ । ती जिल्लामा कोरोनाका कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताका आधारमा डिश होमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराउने महामन्त्री थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका नौ वटै जिल्लाका विमानस्थलमा बजेट विनियोजन

१२ पुष २०७८, सोमबार ११:३९
कैलाली।बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशकाे कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको […]