सुदूरपश्चिमका नौ वटै जिल्लाका विमानस्थलमा बजेट विनियोजन

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ११:४९

कैलाली।बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशकाे कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज साेमवार बसेको क्यानको बैठकले कैलालीकाे धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियाेजन गरेकाे हाे । यस्तै कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

साथै बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख र डोटी विमानस्थल दुई सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको धनगढीमा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिक खुसी भएका दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टकाे भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से झन्डै ७० अङ्कले घट्यो, १ करोड २ लाख कित्ता शेयर पाँच अर्ब ६० करोड रुपैयाँमा कारोबार

१२ पुष २०७८, सोमबार ११:४९
  काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै ७० अङ्कले घटेको छ । नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च […]