आईंं.एम.ई लाइफ इन्स्योरेन्सद्धारा राइजिङ स्टार क्लवलाई सम्मान

कर्णाली अनलाइन २० मंसिर २०७८, सोमबार ०७:१४

सुर्खेत।आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनि मातहतका आ.व वर्ष ०७७/ ७८मा राइजिङ स्टार क्लवमा योग्यता पुगेका कर्णाली प्रदेश तथा बाके ,बर्दियाका ९० जना राइजिङ स्टार क्लवका सदस्यहरुलाई आई.एम.ई लाइफ इन्स्योरेन्सले एक कार्यक्रमका विच सम्मान तथा प्रशिक्षण गरेको छ ।

उक्त कार्यक्रममा आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनिका विजनेस प्रमुख कर्मराज पौडेल,कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना ,कम्पनिका क्षेत्रिय प्रमुख धिरेन्द्र बहादुर शाही,लगायत कर्णाली प्रदेशभरीबाट ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी मेनेजरहरुको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा अभिकर्ताहरुलाई आगामी दिनमा कसरी व्यबसायलाई अझैँ बूद्धिगर्ने,कसरी विमीतहरुलाई छिटो छरितो सेवा सुविधा प्रदान गर्ने सम्वन्धमा उत्पेरणात्मक कार्यक्रम संञ्चालन गरिएको थियो। उक्त कार्यक्रम गत शनिवार नेपालगञ्जमा रहेको सिद्धार्थ होटलमा भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

२० मंसिर २०७८, सोमबार ०७:१४
काठमाडौँ।नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ। दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।विश्व स्वास्थ्य संगठनले […]